Ticker

6/recent/ticker-posts

Header Ads Widget

Responsive Advertisement

काेराेना भाइरस र यस्काे बिश्व भ्रमण !



काेराेना भाइरस र यस्काे बिश्व भ्रमण

सन् २०१९ को आखिरी दिन मान्छेहरू त्यस्तै उत्साहमा थिए,जस्तै हिजाे हामी नेपाली हरु नयाँ वर्ष र नयाँ दशकको स्वागत गर्न काे लागि ।
तर
त्यही बेला यस्तो घटना भयो, जसले आउँदो एउटा साल मात्र होइन, त्यसपछिका अरू कति सालहरूको दिशा र दशा हरु काता माेडने हाे थाहा छैन ।खबर आयो, हल्का खासखुस पनि भयो, तर कुनै खलबली मच्चिएन। एक चिनियाँ वेबसाइटमा खबर आयो– औद्योगिक नगर वुहानको मासु बजार वरिपरिका क्षेत्रमा एउटा नौलो रोग फेला पर्‍यो। सामान्य रुघाखोकीबाट सुरू भएर निमोनियाको लक्षण देखाउने त्यो रोग अहिलेसम्म देखिएका भाइरलभन्दा फरक र भयानक थियो।जस्ले धनी–गरिब, ठूला–साना, शक्तिशाली–कमजोर कसैलाई छाडेको छैन।बेलायती राजकुमारदेखि प्रधानमन्त्रीसम्म संक्रमित छन्। संसारका आधाभन्दा बढी जनसंख्या रोगबाट बच्न आ–आफ्नो घरभित्र कैद छन्। यता त्यो रोगले भने विश्वव्यापी भ्रमण पूरा गरेको छ।उता वुहानमा नयाँ रोगको ‘हल्ला फैलाएको' भन्दै आठ जना पक्राउ परे। पहिलोपटक रोग पहिचान गरेर सहकर्मीहरूलाई सूचित गरेका चिनियाँ डाक्टर ली वेनलियाङ पनि प्रशासनको केरकारमा परे। उनले यसलाई सामान्य रुघाखोकी नभई, सार्सजस्तै कुनै भाइरल रोगको शंका गरेका थिएयस।अघि दुई किसिमका कोरोना भाइरस ‘सार्स’ र ‘मर्स’ ले महामारीको रूप लिएका थिए। नयाँ प्रजाति अझ भयानक थियो।६१ वर्षीय पुरुषको वुहान अस्पतालमा निधन भयो। यो पहिलो कोरोना काे कारण काे मृत्यु थियोे। पछि एउटा अध्ययनले वुहानमा कोरोना बिरामी हरेक साता दोब्बर भएको सार्वजनिक गर्‍यो। त्यसैको भोलिपल्ट चिनियाँ डाक्टर ली वेनलियाङ आफैं संक्रमित भए।
त्यस सड्गै नेपाल सरकारले अाफ्ना नागरिक( विद्यार्थी)लाई
नेपाल वायुसेवा निगमको चार्टर्ड जहाज १ सय ७५ जना विद्यार्थी लिएर चीनबाट काठमाडौं आइपुग्यो। वुहानबाट उडेको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
नेपालले हुवेई प्रान्तमा रहेका १ सय ८५ जना नागरिक उद्दार गर्ने भने पनि ६ जना स्वास्थ्य समस्याले फर्कन पाएनन्, चार जना स्वैच्छाले उतै बसे।
वुहानबाट ल्याइएका विद्यार्थीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखियो। क्वारेन्टाइन अवधिभर स्वास्थ्य परीक्षण गर्दा उनीहरू कसैमा कोरोना देखिएन।

वुहानबाट आएका सबै नेपाली विद्यार्थी क्वारेन्टाइन पूरा गरी घर फर्किसके डब्लुएचओले कोरोना भाइरसलाई ‘कोभिड–१९’ भनी वैज्ञानिक नाम दिँदै विश्वव्यापी महामारीको रूप लिएको आधिकारिक रूपमा स्वीकार गर्‍यो।
कोरोनासँग लड्न युरोपेली देशहरूले आफूलाई संसारबाट अलग्याउन थाले। युरोप बाहिरका देशहरूमा आवागमन रोक लगाए। फ्रान्सेली राष्ट्रपति इम्यानुअल माक्रोँले भने, ‘हामी लडाइँको चरणमा छौं।’
युरोपेली देशमा हरेक घन्टा विकराल परिस्थिति सिर्जना हुँदै थियो– बिरामी थपिँदै थिए, मृत्युदर बढ्दै थियो, नयाँ–नयाँ ठाउँ लकडाउन हुँदै थियो।उता, बुर्किनो फासोमा पूर्व उपराष्ट्रपतिको कोरोना संक्रमणले मृत्यु भयो। यो उप–सहारा अफ्रिका क्षेत्रको पहिलो कोरोना मृत्यु हो।

यता बेल्जियमबाट आएकी जुन युवतीमा कोरोना देखिएको थियो, उनीसँगै आएकी ६४ वर्षीया महिलालाई पनि कोरोना लागेको पाइयो। उनी नेपालका छैठौं बिरामी हुन्।त्यसको दुई दिनपछि सुदूरपश्चिममा एकसाथ तीन जनामा कोरोना पोजेटिभ भेटियो। तीमध्ये दुई जना भारतबाट आएका युवा थिए, कैलाली र कञ्चनपुरका।
कैलालीमा एक जना महिलालाई पनि संक्रमण पुष्टि भयो। उनी दुबईबाट आएका चौथो संक्रमितकी भाउजू हुन्। योसँगै नेपालभित्र पहिलोपटक एक व्यक्तिबाट अर्कोमा कोरोना सरेको पाइयो।बेलायती प्रधानमन्त्रीसमेत बिरामी परेर अस्पताल भर्ना भए।उुनि अजै अस्पतालमै छन्।
युरोपका केही मुलुकमा नयाँ बिरामी र नयाँ मृत्यु संख्या बढेको छ। पहिले महामारी चर्केका ठाउँमा अलि मत्थर हुन थालेको संकेत देखिएका छन्।
-तुल्सिराम भण्डारी नाइजेरिया 

Post a Comment

1 Comments

  1. How to choose the best bonus casino - drmcd
    Here you will 경상북도 출장샵 see the best sign 군포 출장안마 up 진주 출장안마 bonus casino 나주 출장안마 offer for all gamblers. 강원도 출장샵 All new players are eligible to receive a 100% match deposit bonus up to

    ReplyDelete